Comments Add Comment

काठमाडौं उपत्यकामा एकैदिन ११७४ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment