+
+
Shares

पेटमा लुकाएर पाकिस्तानबाट काठमाडौं आइपुग्यो खैरो हेरोइन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १७:४१

९ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खेरो हेरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २६ गते पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबास नगरपालिका–१ का ४९ वर्षीय दावा लामाले अवैध लागूऔषध खैरो हेरोइनका क्याप्सुलहरु निलेर पेटमा लुकाई–छिपाई ल्याएको सूचनाको आधारमा विमानस्थलबाट चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दावासहित खैरो हेरोइनको कारोबारमा संलग्न धादिङ सत्यवतीकी ५९ वर्षीया गोपी तामाङ, रुवी भ्याली–३ सेतुङकी ४५ वर्षीया होनीमाया तामाङनी र लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ घर भएका ५२ वर्षीय वयसबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

दावालाई नेपाल प्रहरी अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको र त्यसलाई दिसाबाट निकाल्न लगाएको प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पेटबाट निकालिएको खैरो हेरोइनको तौल ९ सय ग्राम रहेको छ ।

लामाको साथबाट ३ सय डलर अमेरिकी डलर, पासपोर्ट र हवाई टिकट पनि बरामद गरिएको व्यूरोले जनाएको छ । पक्राउ परेका चारैजनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?