+

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

२०७८ वैशाख  १० गते १०:४६ २०७८ वैशाख १० गते १०:४६
फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

१० वैशाख, काठमाडौं । फेन्सिङ खेलको एसिया-ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् ।

छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् ।

दुई जनालाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले बिहीबार विदाई गरेका हुन् ।

छनोट प्रतियोगिता अप्रिल २४ देखि २६ सम्म आयोजना हुनेछ ।

विदाई कार्यक्रममा ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राज बैद्य, सुनिल श्रेष्ठ, फेन्सिङ संघका उपाध्यक्ष हेल्गा राना राइमाझी, संघका महासचिव सुजन लाल श्रेष्ठको सहभागिता थियो ।

फेन्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय