Comments Add Comment

एनसेलले लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै

१० वैशाख, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य लिएको एनसेलले जनाएको छ ।

काठमाडौं महानगरपालिका-२६ मा रहेको लैनचौर मैदानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशताहरु रहने एनसेलले जनाएको छ । यो उद्यान ५४ हजार ९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।

एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका-२६ बीच समझदारी पत्रमा हस्ताक्षर भएको एनसेलले जनाएको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहको छ ।

एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्राउण्ड क्लियरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुनेछन् ।’

‘सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले, ‘यो पहलले समुदायमा स्वस्थ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ । सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्‍याउन पाएकोमा हामी खुसी छौं ।’

‘यस सहकार्यका लागि हामी एनसेल प्रति आभारी छौं । यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौं,’ काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले भने, ‘यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पती हुने छ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment