Comments Add Comment

फास्ट ट्र्याक दोस्रो प्याकेजको ठेक्का रोक्न लेखा समितिको ताकेता

१० वैशाख, काठमाडौं । काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया नरोकिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ताकेता गरेको छ ।

चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुलको ठेक्का प्रक्रियामा अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देशन दिएको थियो ।

तर, निर्देशन कार्यान्वयन भएको जानकारी नआएको भन्दै समितिले रक्षा मन्त्रालयलाई पत्र लेखेको छ ।

‘निर्देशन कार्यान्वयन भएको जानकारी आएको छैन । तुरुन्तै कार्यान्वयन गर्नुपर्ने विषयमा ढिलाइ भएको र रक्षा मन्त्रालयबाट जवाफ नआएकाले ताकेता गरेका छौं’ समितिका सचिव रोजनाथ पाण्डेले भने ।

मकवानपुरको धोद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए । तर नेपाली सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र ‘प्रि–क्वालिफाइड’ ठहर गर्‍यो ।

लेखा समितिले यही विषयमा प्रश्न उठाउँदै ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो । सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment