Comments Add Comment

थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्‍यु

१० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।

काठमाडौं उपत्यकामा ९४० जना

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।

चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२/२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९  जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment