Comments Add Comment

राकुटेन भाइबरको ‘व्याटल अफ क्रिकेट’ च्याटबट सुरु

१० वैशाख, काठमाडौं । राकुटेन भाइबरले ‘व्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु गरेको छ । क्रिकेट प्रेमी प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको च्याटबट मार्फत क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भाइबरले क्रिकेट प्रतियोगितासँग सम्बन्धित विषयहरुका बारेमा प्रयोगकर्ताहरुले स्कोर आकलन गर्नका लागि क्रिकेट च्याटबट सुरु गरेको हो । यो विशेषतालाई नेपाल, बंगलादेश र श्रीलंकाका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

राकुटेन भाइबर एप्याकका सिनियर डाइरेक्टर डेभिड चेले भने, ‘हामी सँधै हाम्रा प्रयोगकर्ताहरुका लागि केही नवीनता प्रदान गर्न चाहन्छौं, ताकि उनीहरुले हाम्रो प्लेटफर्मको धेरै उपयोग गर्न सकुन् । यो नयाँ क्रिकेट च्याटबटले प्रयोगकर्ताहरुलाई क्रिकेटसँग सम्बद्ध उनीहरुको चलाखीपन प्रस्तुत गर्ने मौका दिन्छ र हरेक चालको भविष्यवाणी गरेर उनीहरु भित्रको सोच्ने प्रक्रियाको परिणाम उजागर गरिदिन्छ ।’

भाइबरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भाइबर प्रयोगकर्तालाई सही भविष्यवाणीका लागि उपहार जित्ने मौका पनि प्राप्त हुनेछ । जसले सही जवाफको आँकलन गर्नेछ, उसले दैनिक रुपमा उपहारहरु र अँकहरु बटुल्नेछ । यसरी प्राप्त गरेको अँँकको आधारमा भाइबरले विजेता सूची निर्माण गर्नेछ । हरेक आइतबार, विजेता सूचीको शीर्ष ३ मा रहेका प्रयोकगर्ताहरुले साप्ताहिक उपहारहरु प्राप्त गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment