Comments Add Comment

कोरोना महामारी नियन्त्रणका लागि तयारी थाल्न मुख्यमन्त्री राउतको निर्देशन

१० वैशाख, जनकपुरधाम । प्रदेश-२ सरकारले कोरोना महामारी नियन्त्रणका लागि योजना बनाउँदै तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रादेशिक कारोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै निकायलाई आ-आफ्नो तयारीमा कुनै किसिमको कमी नराख्न निर्देशन दिएका हुन् ।

कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई जिम्मेबारी दिइएको छ ।

प्रदेशको आठ वटै जिल्लामा रहेको पीसीआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखलाई दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लाहरुमा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण जिल्ला कोरोना संकट व्यवस्थापन समितिहरु बाट संकलन गर्न भनेको छ । बैठकले प्रादेशिक अस्पताल स्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरि संयोजन समिति र आपूर्ति महाशाखाका प्रमुख डा प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने प्राविधिक समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment