Comments Add Comment

‘कबड्डी ४’को शुभसाइत, छायांकन भने अन्यौलमा

चलचित्र ‘कबड्डी ४’को शुभसाइत सम्पन्न भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर चलचित्रको शुभसाइत गरिएको हो ।

तर, चलचित्रको छायांकन भने कहिलेबाट सुरु हुन्छ पक्का छैन । निर्माणपक्ष ‘पर्ख र हेर’को अवस्थामा छ । देशमा लकडाउन नभएको खण्डमा वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने योजना यसको निर्माणपक्षको छ ।

चलचित्रको शुभसाइत समारोहमा यसका कलाकार, प्राविधिक, निर्माता, निर्देशक सहभागी थिए । चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, वुद्दि तामाङ, बिजय बराल, मिरुना मगर, गौमाया गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा रामबाबु गुरुङको निर्देशन रहनेछ । निर्देशकले यो चलचित्रलाई ‘कबड्डी सिरिज’को अन्तिम खेल भनेका छन् ।

चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment