+
+

माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश–‘लाज लाग्दैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ११ गते १७:०९

भारतमा कोरोना महामारीले दैनिक २ हजार भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यस्तो समयमा भारतका विभिन्न राज्यमा लकडाउन समेत घोषणा गरिएको छ । तर, बलिउडका केही कलाकार भने होलिडे मनाउन भन्दै माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर उनीहरुले सामाजिक संजालमा घुमफिरका तस्वीर पोष्ट गरिरहेका छन् ।

तर, यो कुराको यतिबेला सामाजिक संजालमा चर्को विरोध भैरहेको छ । बलिउडका केही कलाकारले पनि सेलिब्रिटीको यस्तो शैलीको विरोध गरिरहेका छन् ।

कलाकार नवाजुद्दिन सिद्धिकीले माल्दिभ्स पुगेर फोटो पोष्ट गर्ने कलाकारलाई लाज मान्न आग्रह गरेका छन् । उनले भनेका छन्–‘मानिसहरुसँग खानेकुरा छैन । तर केही कलाकार पैसा फ्याकिरहेका छन् । थोरै भएपनि लाज त लाग्नुपर्ने हो । होलिडे मनाउन जानु गल्ती होइन । तर, यसलाई सार्वजनिक गर्नु गलत हो ।’

नवाजुद्दिनले यो समयमा कलाकारले अभिनयको बारेमा कुराकानी गर्न नसक्ने समेत आरोप लगाएका छन् । अभिनयको बिषयमा कुरा गर्दा उनीहरुमा कमजोरी रहेको भन्दै नवाजुद्दिनले फोटो पोष्ट गरेर तमासा नदेखाउन अपिल गरेका छन् ।

नवाजुद्दिनले माल्दिभ्स पुगेर तमासा नदेखाउन र आफ्नो होलिडेलाई आफैसँग राख्न आग्रह गरेका छन् । उनले, कोभिडका कारण दुःख भोगिरहेका मानिसहरुलाई सहयोग गर्न समेत कलाकारलाई आग्रह गरेका छन् ।

बलिउडका कलाकारहरु रणवीर कपुर, आलिया भट्ट, टाइगर श्राफ, दिशा पटानी, साराअली खान लगायतका कलाकार बिदा मनाउन माल्दिभ्समा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?