
११ वैशाख, काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरुले कोरोनाविरुद्धको खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् ।
ठमेल पर्यटन विकास परिषद्को आग्रहमा सरकारले १० हजार डोज खोप उपलब्ध गराएपछि व्यवसायी खुसी भएका हुन् । चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् ।
परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरुमध्ये ९५ प्रतिशतले खोप लगाइसकेको जानकारी दिए । खोप लगाएपछि व्यवसाय गर्न सहज हुने शर्माले बताए ।
काठमाडौंको पर्यटनको केन्द्र मानिने ठमेल क्षेत्रका सबैले खोप लगाएको हुँदा ठमेल कोरोना संक्रमणको जोखिमरहित क्षेत्र बन्न लागेको सन्देश दिन खोजेको परिषद्ले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4