Comments Add Comment

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै ताला

१२ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा शनिबार ताला लगाएका छन् ।

विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थी संगठनहरुले कोरोना भाइरसको महामारीमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएका हुन् ।

अनेरास्ववियू अध्यक्ष रोहित गजुरेल, नेविसंघका विक्रम बुढा, अखिल (क्रान्तिकारी)का गणेशराज मिश्रा, अखिल (क्रान्तिकारी) का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौंका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गर्दै विश्वविद्यालयका पदाधिकारीसंग पटक–पटक छलफल गरिए पनि निष्कर्ष निकाल्न नसकेपछि तालाबन्दी गरेको बताएका छन् ।

विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन् । कोरोनाको संक्रमित विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन र आइसोलेसनको यथाशीघ्र व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment