+
+
Shares

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १७:४०

१२ वैशाख, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–८ भवानचुलीका २४ वर्षीय विजय भन्ने आयुष मोक्तान छन् ।

उनले काभ्रे पाँचखालका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाइदिन्छु भन्दै उनीहरुबाट ३९ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

तामाङलाई शुक्रबार मकवानपुरको बागमती गाउँपालिका–८ भवानचुलीबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?