Comments Add Comment

टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडीलाई समर्थकले दिए नगद पुरस्कार

१३ वैशाख, काठमाडौं । शनिबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट खेलाडी घोषित भएका कुशल भुर्तेलसहित पाँच खेलाडीलाई क्रिकेट समर्थकले पठाएको पुरस्कार प्रदान गरिएको छ ।

सिरिजमा उत्कृष्ट खेलेका कुशल भुर्तेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र आसिफ शेखलाई अमेरिका र बेलायतमा गर्ने नेपाली क्रिकेट समर्थकले पठाएको ९० हजार रुपैयाँ सोमबार हस्तान्तरण गरिएको हो ।

जसमध्ये नेपालले जितेको खेलमा म्यान अफ दी म्याच भएका खेलाडीलाई प्रतिखेलाडी एक सय डलर प्रदान गरिएको छ । यस्तै लगातार तीन अर्धशतक प्रहार गरेका कुशल भुर्तेललाई थप १२५ डलर र डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्ने कुशलका ओपनिङ जोडी आसिफ शेखलाई १२५ डलर पुरस्कार दिइएको छ ।

कुशल भुर्तेल र आसिफले उत्कृष्ट ओपनिङ गरेवापत समान १२५ डलर अर्थात १५ हजार पाए । यस्तै पहिलो खेलमा म्यान अफ दी म्याच बनेका भुर्तेलले थप १ सय डलर अर्थात १२ हजार रुपैयाँ प्राप्त गरे । दुई खेलमा म्यान अफ दी म्याच बनेका करण केसीले २०० डलर अर्थात् २४ हजार प्राप्त गरे । एक खेलमा म्यान अफ दी म्याच बनेका सोमपाल कामीले १ सय डलर अर्थात् १२ हजार प्राप्त गरे । यस्तै नेदरल्याण्ड्ससँग पराजित खेलमा ३० बलमै ६० रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले १२ हजार प्राप्त गरे ।

नेपाली क्रिकेट फ्यान क्लबका सदस्यहरु अमेरिकामा बस्ने सौगात घिमिरे र बेलायतमा बस्ने विश्वास हमालको अगुवाइमा रकम संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment