Comments Add Comment

तीन वर्षमा ४६ करोड किलो अक्सिजन आयात

१३ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा झण्डै ४६ करोड किलो तरल अक्सिजन आयात भएको पाइएको छ । भारत अमेरिका, चीन लगायतका मुलुकबाट पछिल्लो तीन वर्षमा उक्त परिमाणको अक्सिजन आयात भएको भन्सार विभागले जनाएको छ ।

आर्थिक वर्षमा २०७५/७६ देखि चालु आवको १० महिनासम्म ३४ करोड ४७ लाख रुपैयाँ बराबरको ४५ करोड ९९ लाख २१ हजार किलो अक्सिजन आयात भएको भन्सारले जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६ लाख ९० हजार २१७ किलो अक्सिजन आयात भएको थियो भने २०७६/७७ मा ४ लाख ५५ हजार ७२५ किलो अक्सीजन नेपालमा भित्रिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को १० महिनामा ४५ करोड ८७ लाख ७५ हजार १५० किलो अक्सिजन आयात भएको विभागको विवरणमा देखिन्छ । नेपालमा भारत, चीन, स्वीटजरल्याण्ड र अमेरिकाबाट अक्सिजन आयात हुने गरेको भन्सारले जनाएको छ ।

कोभिड संकट गहिरिने संकेत बढ्दै गएपछि सरकारले भारतसँग आइतबार मात्रै तरल ग्यास लगायतको स्वास्थ्य सामग्री माग गर्दै पत्र पठाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment