Comments Add Comment

सरकारलाई देउवाको आग्रह : संक्रमण रोक्ने हरसम्भव उपायहरु अपनाऔं

१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् ।

उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

कांग्रेस सभापति देउवाले चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन् ।

हेर्नुहोस् देउवाको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment