Comments Add Comment

सुरु हुन सकेन ‘तिमीसँगै हुने मन छ’को छायांकन, मुम्बई फर्किए रोहित

‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए ।

यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले फागुपूर्णिमा, नयाँ बर्ष नेपालमै मनाए ।

तर, वैशाख ५ गतेबाट छायांकन सुरु गर्ने तयारीमा रहेका दिवाकर कोरोनाको जोखिम बढेसँगै परिस्थिती प्रतिकुल भएपछि छायांकन नगर्ने सोचमा पुगे ।

वैशाख महिनाभर सरकारले चलचित्र हल बन्द गर्ने निर्णय गरिसकेको छ । वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा हुने निश्चित जस्तै छ । यस्तो अवस्थामा चलचित्रको छायांकन सुरु हुने अवस्था नभएपछि मुम्बइबाट आएको टिम फर्किएको छ ।

चलचित्रमा रोहित सुचान्ती, दिपिका प्रसाँई र नाजिर हुसेनको मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन पोखरामा गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । तर, गण्डकी प्रदेशमा पनि कोरोनाको जोखिम उच्च देखिएको छ ।

निर्माण टिम एक महिना लामो समय नेपाल बस्दा यो चलचित्रको निर्माणटिमले ठूलो खर्च गरिसकेको थियो । अब, चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ, टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment