+
+
Shares

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १८:५३

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका अन्य गतिविधि बन्द हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?