Comments Add Comment

स्वयम्भुमा ‘हाउस पुलिङ’ गरेपछि एउटै छानमुनि आए १७ परिवार

१३ वैशाख, काठमाडौं । स्वयम्भु स्तुप परिसरका १७ वटा घर एकीकरण (हाउस पुलिङ) गरेर पुनर्निर्माण सम्पन्न भएको छ । ०७२ सालको भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका ती घरहरु घरधनीलाई हस्तान्तरण गरिएको छ । सोमबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भवनको हस्तान्तरण गरे ।

स्वयम्भु पुनर्निर्माण समिति एवम् वडा १५ का अध्यक्ष इश्वरमान डंगोल स्वयम्भुका पुजारीका रुपमा सदियौंदेखि बस्दै आएका बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ वर्षमा सकाएर हस्तान्तरण गरिएको हो ।

घरहरुलाई एकीकरण गरेर सञ्चालन गरिएको काठमाडौं महानगरको यो पहिलो योजना हो । पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ ।

डंगोलकाअनुसार यो घर किनबेच हुँदैन । केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ । यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो ।

यी संरचनाको पुनर्निर्माण गर्न महानगरको कार्यपालिका बैठकले प्रवक्ता एवम् वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा ‘स्वयम्भु पुनर्निर्माण समिति’ गठन गरेको थियो । यही समितिले पुनर्निर्माणको काम सम्पन्न गरेको हो ।

वडा १५ का सदस्य आनन्द गौतमकाअनुसार पुनर्निर्माणका लागि करिब १७ करोड लागत अनुमान गरिएको थियो । जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको हो ।

यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोरेका हुन् । यसका लागि वडा र कर्मराज महाविहारबीच सम्झौता गरिएको थियो ।

पुनर्निर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment