
ग्लोबल आइएमई बैंकको गाईघाट शाखाले सीटी सफारी यातायातबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् । उनले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगदरहित कारोबार गर्नमा सहयोग गर्ने बताए ।
उक्त शाखाका प्रबन्धक रबिनराज दाहालल क्युआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम कम हुने बताए ।
बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4