+
+
Shares

सशस्त्रका दुई एआईजीको पदावधि थप, एकजना दुई साता आईजीपी बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते ६:४३

१५ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेलको पदावधि एक वर्षलाई थप भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा केसी र पौडेलको पदावधि थप गर्ने निर्णय गरेको हो । यो निर्णय नभएको भए दुवैजनाले २० वैशाख २०७८ मा एआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाउने थिए ।

तर, पदावधि थप भएसँगै उनीहरुमध्ये एकजनाले दुईसाताका लागि सशस्त्र प्रहरी बलको प्रमुख हुने अवसर पाउने भएका छन् । हालका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण २०७८ चैत २८ मा अवकाश पाउनेछन् । त्यसपछि उनकै ब्याची केसी र पौडेलमध्ये एकजना महानिरीक्षकमा नियुक्त हुनेछन् ।

यो निर्णयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) खड्ग राई र मन्दिप श्रेष्ठलाई भने आईजीपी बन्न बाधा पुगेको छ । एआईजीको दरबन्दी थप नभए उनीहरु पदावधिका कारण आगामी माघ महिनामा अवकाशमा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?