+
+
Shares

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १३:११

१४ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज–६ की ७२ वर्षीया महिलाको मंगलबार बिहान ११ः२५ मा मृत्यु भएको हो ।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार गरिएको नमुना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

म‌गलबार बिहान मात्रै बाँकेको कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा र दाङको तुल्सीपुरकी ७४ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?