Comments Add Comment

कर्णाली सरकारका तीन मन्त्रीले लिए पुनः सपथ

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले पुनः पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले बुधबार दिउँसो पुनः सपथ लिएका हुन् ।

अमरबहादुर थापा भौतिक पूर्वाधार विकास, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण र कुर्मराज शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ खुवाएका थिए ।

तीनैजना मन्त्रीले यसअघि एमाले सांसदको हैसियतमा सपथ लिएका थिए । तर, वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूको वैशाख १३ गते सांसद पद गुमिसकेको छ ।

नेकपा एमालेको ह्विप विपरीत फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई एमालेले कारबाही गरी सांसदबाट हटाइ सकेको छ । फ्लोर क्रस गरेको दुई दिनमै माधव कुमार नेपाल समूहका उनीहरूले मन्त्री पद पाएका थिए ।

सांसद पद गुमेपछि उनिहरुलाई पुनः नियुक्त गरिएको छ । सांसद नरहेकाले उनीहरू ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment