Comments Add Comment

‘बाबरी र प्रेमगञ्ज’को छायांकन जारी, रोकियो ‘आँधी तुफान २’

देशभर कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजबाट निषेधाज्ञा सुरु भएको छ । यस्तै, काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भैसकेको छ ।

योसँगै छायांकनमा रहेका केही चलचित्रको काम भने प्रभावित भएको छ । गत बिहिबारदेखि छायांकन सुरु भएको चलचित्र ‘आँधी तुफान २’को निर्माणपक्षले छायांकनको काम रोकेको छ । सरकारले निषेधाज्ञा जारी गरेकाले पनि काम रोकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् । मदन घिमिरेको निर्देशनमा यो चलचित्रको छायांकन भैरहेको थियो ।

यस्तै, चलचित्र ‘बाबरी’को छायांकन भने जारी छ । वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु भएको हो । झापाको बुधबारेमा यो चलचित्रको छायांकन भैरहेको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । लेटाङमा छायांकन गरेर यसको टिम बुधबारे पुगेको हो ।चलचित्रमा धिरज मगर र अदिती वुढाथोकीले अभिनय गरिरहेका छन् ।

यस्तै, परिच्छेद सुेनको निर्देशनमा तयार भैरहेको चलचित्र ‘प्रेमगञ्ज’को छायांकन भने जारी छ । नायिका बेनिशा हमालले काभ्रेमा चलचित्रको छायांकन भैरहेको जानकारी दिइन् । एक साता काभ्रेमै चलचित्रको छायांकन हुने बताइएको छ । यसपछि भने काठमाण्डौमा चलचित्रको छायांकन सेड्यूल तय गरिएको थियो । काठमाडौंको छायांकन भने प्रभावित हुने निर्माणपक्षले बताएको छ । नायिका हमालले सुरक्षाको सबै प्रोटोकल अपनाएर काम भैरहेको जानकारी दिइन् ।

कोभिडका कारण विभिन्न जिल्लामा निषेधाज्ञा सुरु भएपछि ‘कबड्डी ४, तिमीसँगै हुने मन छ, घिन्ताङ’ लगायतका चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment