Comments Add Comment

निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति : यी हुन् समस्या परे सम्पर्क गर्ने ठाउँ

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहरको प्रकोप रोक्न सरकारले घोषणा गरेको १५ दिन लामो निषेधाज्ञा बिहीबारबाट सुरु भएको छ । संघीय राजधानी काठमाडौंसहित कोरोना अति प्रभावित जिल्लाहरुमा सुरु हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने स्थानीय प्रशासनहरुले घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार अत्यावश्यक सेवा भित्र एम्बुलेन्स, खानेपानी, स्वस्थ्य, तरकारी, फलफूल, दुध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूर सञ्चार, इन्टरनेट सेवा प्रदायक, फोहोरमैला ढुवानी लगायतलाई अवरोध नगर्ने उख्लेख छ । तर यस अघिका लकडाउनहरुमा पनि प्रशासनका निर्याणहरु खासगरी खाद्य पदार्थको आयात र ढुवानीको सबालमा कार्यन्वयन नभएका थुप्रै घटनाहरु दोहोरिए । तरकारी बोक्ने गाडी प्रवेश निषेधदेखि खाडल खनेर कृषि उपज गाड्नेसम्मको घटना गत वर्ष भएका थिए ।

प्रशासनबाट पास पाउन हुने झन्झटिलो व्यवस्था र पासबिनै चल्न पाउने ढुवानीका साधनमा अबरोध हुँदा आपूर्ति व्यवस्थामै असर परेपछि यस वर्ष सहजीकरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपतकालीन प्रतिकार्य कार्यदल गठन गरेको छ ।

उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार यो कार्यदलले आपूर्ति व्यवस्थाको समस्या तत्काल समाधान गर्नेछ । उद्योग, वाणिज्य र कृषि मन्त्रालय तथा विभाग मातहत हुने खाद्य, उद्योग, उत्पादन, बाह्य व्यापार र बजारीकरणको सम्पूर्ण सहजीकरण गृहमार्फत पनि गर्न यो कार्यदल बनाइएको प्रवक्ता रेग्मीले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभाग सहितका तीन सहसचिव एवं कृषि र गृहका एक सहसचिव रहेको कार्यदलले यस पटक आपूर्ति व्यवस्थामा कुनै अवरोध हुन नदिने कृषि मन्त्रालय सहसचिव एवं कार्यदलका सदस्य डा. श्रीराम घिमिरे बताउँछन् । सम्बन्धित क्षेत्रका जो कसैलाई पनि सामस्या परे कार्यदलका सदस्यलाई तत्काल सम्पर्क गर्न सकिने उनले बताए ।

कस्तो समस्या पर्दा कस्लाई सम्पर्क गर्ने ?

प्रेम कुमार श्रेष्ठ, सहसचिव एवं कार्यदलका संयोजक
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मोबाइल नम्बर : ९८४१५२६४४१

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेम कुमार श्रेष्ठ निषेधाज्ञाको समयमा हुने आपूर्तिको असहजता हटाउने कार्यदलको संयोजक हुन् ।

उनको संयोजकत्वमा कृषि, गृहसतिका गरेर थप चार जना सहसचिवहरु हुनेछन् । निषेधाज्ञाको बेलामा आपूर्ति व्यवस्थामा काम गर्ने सेवाग्राहीलाई कहीँ कतै समस्या परे सहसचिव श्रेष्ठलाई सम्पर्क गरेर आफ्नो समस्या देशभरबाट टिपाउन सकिने छ । सेवाग्राहीलाई परेको समस्या समाधानको समन्वय र संयोजकको जिम्मा मन्त्रालयले उनलाई तोकेको छ ।

जनकराज दाहाल, सहसचिव
गृह मन्त्रालय
मोबाइल नम्बर : ९८५११४०००३

अत्यावश्यक वस्तुको ढुवानी एवं आपूर्तिको बेला स्थानीय प्रशासन तथा जिल्ला प्रशासनबाट अवरोध भए सेवाग्राहीले तत्काल गृह मन्त्रालयका सहसचिव जनकराज दाहाललाई सम्पर्क गर्न सक्नेछन् ।

उनले गृह मन्त्रालयमार्फत सेवाग्राहीलाई सहजीकरणको काम गर्ने छन् । खासगरी प्रहरी प्रशासनबाट सेवाग्राहीलाई असहयोग हुन नदिन उनको भूमिका महत्वपूर्ण हुनेछ ।

डा. श्रीराम घिमिरे, सहसचिव
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
मोबाइल नम्बर : ९८५११५१३४७

कृषि उपजको सहज पहुँच, उत्पादक वितरकलाई सहज वातावरण निर्माण तथा बजारको शुनिश्चितताको जिम्मेवारी सहसचिव घिमिरेलाई तोकिएको छ ।

निषेधाज्ञाको समयमा कृषि र पशु सेवा क्षेत्रको सहज आपूर्तिका लागि कुनै पनि समस्या परे सिधै उनलाई गुनासो गर्न सकिनेछ । उनी कृषि मन्त्रालयका प्रवक्तासमेत हुन् ।

नारायण प्रसाद दुवाडी, सहसचिव
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
मोबाइल नम्बर : ९८५१२२२०३३

सहसचिव दुवाडीलाई उत्पादन मुलुक उद्योगको फोकल व्यक्तिको रुपमा जिम्मेवारी तोकिएको छ ।

निषेधाज्ञाको बेला सञ्चालनमा आउने उत्पादनमुलक उद्योगको अवस्था, समस्या सहजताकालागि गर्नुपर्ने समन्वय उनले गर्नु पर्नेछ । निषेधाज्ञाको समयमा उत्पादनमुलक उद्योगको सेवा प्रभावहमा कुनै पनि खाले समस्या वा गुनासो रहै सिधै उनलाई सम्पर्क गर्न सकिने छ । साथै मुलुकको उत्पादन मुलक उद्योगको सञ्चालन अवस्था, उत्पादन स्थित लगायतको विवरण संकलन तथा अभिलेखको जिम्मेवारी पनि सहसचिव दुवाडीलाई छ ।

डा. नारायाण रेग्मी, सहसचिव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मोबाइल नम्बर : ९८५१२७४६७४

उद्योग मन्त्रालयका प्रवक्तासमेत रहेका रेग्मीले निषेधाज्ञाको समयमा वैदेशिक व्यापार सहजीकरणका लागि समन्वय गर्ने जिम्मेवारी पाएका छन् ।

निषेधाज्ञामा पनि वैदेशिक व्यापार निरन्तर रहनेभएकाले यसमा कुनै पनि समस्या परे सेवाग्राहीले उनलाई सिधै सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment