+
+
Shares

अस्पतालबाट खिमविक्रमको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिवद्ध छु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते २०:३४

१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए ।

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । त्यही कारण सभामुखले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

तर शाही चरक अस्पतालको आईसीयूमा भर्ना भएको भेटिएको छ । प्रदेशसभाले गरेको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएपनि एक निजी ल्याबमा गराएको परीक्षण रिपोर्ट पोजेटिभ छ ।

शाहीले पनि सदनमा जाने तयारी गरिरहेका बेला अचानक बिरामी भएको र भाइले अस्पताल लगेको बताएका छन् । बिहीबार अस्पतालबाट वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाका सांसद शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु ।’

आफ्नो विषयमा भ्रमक प्रचार भएको समेत उनले बताएका छन् । पार्टी र संसदीय दलबाट भएको निर्णयमा आफ्नो पनि सहभागिता रहेको भन्दै उनले भनेका छन्, ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ ।’

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वास प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ । त्यसो भएमा ६० सदस्यीय प्रदेशसभामा अविश्वासको प्रस्तावको पक्षमा टुप्लुक्क बहुमत पुग्छ ।

तर शाही एकाएक सम्पर्कविहीन भएपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने सरकार जोगाउन चलखेल भएको दाबी गरेका थिए ।

हेर्नुहोस् सांसद शाहीको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?