+
+
Shares

कोरोना देखिएपछि गाउँपालिका बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १८:१८

१६ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।

गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यालयबाट प्रवाह हुँदै आएको स्वास्थ्यलगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए ।

कर्मचारीहरुको स्वाब परीक्षणका क्रममा बुधबार उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि आजदेखि वैशाख १९ गतेसम्मका लागि गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको मल्लले बताए ।

पालिकाको अन्य वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववतरुपमा सञ्चालन गरिने मल्लको भनाइ छ । जिल्लामा समेत दोस्रो लहरको कोभिड-१९ सङ्क्रमण तीव्ररुपमा बढेको भन्दै गाउँपालिकाले सङ्क्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?