Comments Add Comment

गुल्मीमा शनिबार रातिदेखि निषेधाज्ञा

१७ वैशाख, गुल्मी । गुल्मीमा शनिबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खोल्न पाइनेछ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सबै सवारी साधन चल्न रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्लामा कोभिड–१९ को दोस्रो लहरमा २०६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९९ जना होम आइसोलेसनमा रहेका छन्, भने एक जना अस्पतालमा छन् । दोस्रो लहरबाट हालसम्म ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment