Comments Add Comment

विराटनगरमा निषेधाज्ञा पालना गराउन ठाउँठाउँमा चेकिङ

१९ वैशाख, विराटनगर । विराटनगरमा जारी गरिएको निषेधाज्ञा पालना गराउन प्रहरीले आइतबार बिहानैबाट कडाइ गरेको छ । कोरोना संक्रमणदर उच्च रहेको विराटनगर महानगरपालिकालगायत आसपासका गाउँपालिकामा शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शुक्रबार निषेधाज्ञा जारी गरेका थिए ।

निषेधाज्ञामा कडाइ गर्न विराटनगरमा बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४  मा निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार विराटनगर प्रवेश गर्ने सडक, विराटनगर बजार क्षेत्र र भारतसँग सीमा जोडिएको क्षेत्रमा कडाइ गरिएको छ । अत्यावश्यक कामका लागि हिंडेकाहरुलाई भने जान दिइएको उनले बताए ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यान्न, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्नबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment