+
+
Shares

भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १५:३६
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो ।

ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो भने सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

आइतबार बिहान मात्रै होम आइसोलेसनमा बसेकी बाँकेको कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिला र बैजनाथ गाउँपालिका–७ की उमेर खुल्न नसकेकी एक महिलाको नेपालगञ्ज नर्सिङ होममा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बाँकेमा शनिबार एकै रातमा उपचाररत चार जना संक्रमितको पनि मृत्यु भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?