+
+
Shares

सुदूरपश्चिममा ८ दिनमा ४३ जना संक्रमितको मृत्यु   

रासस रासस
२०७८ वैशाख १९ गते १७:२६

१९ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने ८ दिनको अवधिमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।

निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

यसैगरी भारतबाट रोजगरी गरी घरफर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना संक्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् । कोरोना संक्रमित हुने दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थिले जानकारी दिए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा गत वैशाख ११ गते शनिबार ११०, यस्तै १२ गते आइतबार ५७, सोमबार ६७, मंगबार २८३, बुधबार २८९, यस्तै बिहीबार २४६ र शुक्रबार १९१ जना सङ्क्रमित फेला परेको निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी ८ दिनको अवधिमा १६८ जना संक्रमितले कोराबाट निको भएका छन् । प्रदेशको नौवटै जिल्लाको तथ्याङ्कका आधारमा गत शनिबार ४७ संक्रमितले कोरोना निको भइ घर फर्किएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले बिभिन्न योजना अघि सारे पनि यहाँको प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रण हुन सकेको छैन । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकहरूको स्वास्थ्य जाँच नगरी सिधै गाउँमा जाने गरेका कारण यहाँका गाउँ घरमा कोरोनाको जोखिम बढेको स्थानीयवासी बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?