+
+

अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १८:१५
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको छ । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सकिने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

विदेश जानेहरुको पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ए वर्गका प्रयोगशालाहरुले गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको उनले बताए ।

कोभिड १९ पीसीआर परीक्षण गर्ने सबै प्रयोशालाहरुले २४ घण्टा सातै दिन नमुना लिने व्यवस्था मिलाउन समेत मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?