+
+

कोरोना संक्रमणबाट बझाङमा दुई महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १२:४८

२० वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट बझाङमा दुई जना महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिला रहेको जोशीले बताए ।

वैशाख १८ गते कोरोना पुष्टि भएकी जयपृथ्वी नगरपालिकाकी संक्रमित महिला स्वास्थ्यमा समस्या देखिएपछि आइतबार मात्र अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

अर्की महिलाको भने सदरमुकामबाट घर फर्किने क्रममा मृत्यु भएको बुझिएको जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?