+
+
Shares

गुल्मीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १८:१३
फाइल तस्वीर

२० वैशाख, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम बस्तीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि बजेट विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । पहिरोका कारण बस्ती जोखिममा परेको रुरु क्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घामा टाहाटीम पहिरोका रोकथामका लागि ७५ लाख, सत्यवती गाउँपालिकाको वडानम्बर–५ हँसराको सुन पहिरोका रोकथामका लागि ४५ लाख, छत्रकोट गाउँपालिकाको वडानम्बर–४ दिगामस्थित दिगाम पहिरो रोकथामका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबीचौर भँगारी पहरो रोकथामका लागि ५० लाख, रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थानपति मनबाग पहिरो रोकथामका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको नेपालीले बताए । विनियोजित रकम यसै आर्थिक वर्षमा खर्च गरिसक्नु पर्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?