+
+
Shares

निफमा अनुरागले आफ्नो अनुभव साट्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १२:३५

 

वैशाख २३ गतेबाट २७ गतेसम्म अनलाइनको माध्यमबाट आयोजना हुन लागेको ‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल, निफ’मा बलिउडका सफल निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने भएका छन् ।

उनले कार्यक्रमको उद्घाटनपछिको पहिलो सेसनमा दिउँसो साढे ३ बजेबाट साढे ४ बजेसम्म नेपाली चलचित्रकर्मी र दर्शकलाई चलचित्र सम्बन्धी आफ्नो अनुभव साट्ने आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अनुरागको फरक शैलीको चलचित्र निर्देशन तथा लेखनले विश्व बजारमा नै चर्चा पाएको छ । उनले ‘पाँच’ नामक चलचित्रबाट निर्देशन यात्रा सुरु गरेका थिए । उनलाई ‘ग्याङ्स अफ वासेपुर’ले चर्चामा ल्याएको थियो । यसपटक महोत्सवमा सहभागी भएका प्रतिस्पर्धी चलचित्रहरुलाई नेट टेलिभिजन र महोत्सवको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भएको अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।

यो बर्ष कोरोनाको महामारीका कारण लकडाउन भएपछि आयोजकले अनलाइनको माध्यमबाट यो महोत्सव आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?