+
+
Shares

मेक्सिकोमा ओभरपास भत्किँदा २० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १३:१६

२१ वैशाख, काठमाडौं । मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीमा मेट्रो रेल चल्ने ओभरपास भत्किदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मेट्रो रेल चलिरहेको अवस्थामा ओभरपास भत्किएको थियो । ओभरपास भत्किँदा सडकमा गुडिरहेको कम्तीमा एउटा कार पनि थिचिएको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले हाल उद्धार कार्य जारी रहेको बताएका छन् । उक्त दुर्घटनामा परी करिब ७० जना मानिसहरु घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको मेक्सिको सिटीकी मेयर क्लाउडिया सेइनबाउमले बताएकी छिन् ।

ओभरपास भत्किएको विषयमा थप अनुसन्धान हुने सेइनबाउमले बताएकी छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?