
२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ ।
काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले आइसोलेसन वार्ड तयार पारेको उनले बताए ।
घरमा आइसोलेसन बस्न समस्या भएका र सामान्य अक्सिजन भए हुने संक्रमितलाई मात्रै उक्त वार्डमा राखिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4