+

माउरिन्हो बने रोमाको नयाँ प्रशिक्षक

२०७८ वैशाख  २१ गते २०:२९ २०७८ वैशाख २१ गते २०:२९
माउरिन्हो बने रोमाको नयाँ प्रशिक्षक

२१ वैशाख, काठमाडौं । जोसे माउरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षक नियुक्त भएका छन् । सन् २०२१-२२ को सिजनको सुरुवात देखि लागु हुने गरी माउरिन्होले मंगलबार रोमासंग सम्झौता गरेका छन् ।

उनको सम्झौता तीन वर्षको लागि रहेको रोमाले विज्ञप्तिमार्फत जनाएको छ । ५८ वर्षीय पोर्चुगिज प्रशिक्षक माउरिन्होले पोर्चुगलकै अर्का प्रशिक्षक पाउलो फोन्सेकाको स्थान लिनेछन् । पाउलोले यसै सिजनको अन्त्यपछि क्लब छाड्ने मंगलबारै घोषणा भइसकेको छ ।

१७ महिना प्रिमियर लिग क्लब टोटनहमको प्रशिक्षक बनेका मारिन्होलाई टोटनहमले १९ अप्रिलमा बर्खास्त गरेको थियो ।

माउरिन्होले इटालियन क्लब रोमामा अनुबन्ध हुँदा खुशी व्यक्त गर्दै अर्को सिजन सुरुवात गर्न प्रतीक्षारत रहेको बताए ।

माउरिन्होले यसअघि अर्को इटालियन क्लब इन्टर मिलानलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय