
२२ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– २ छपकैया बस्ने ६५ वर्षीया महिला कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
नारायणी अस्पतालमा उपचारको क्रममा बिहान ८ :१० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । कोरोनाका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएपछि उनलाई वैशाख १७ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4