+
+
Shares

गण्डकीकी नवनियुक्त प्रदेश प्रमुख भन्छिन् : समस्याको रुपमा सभामुख देखिनुभयो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १४:२६

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेशसभामा भएको गतिरोधका विषयमा सभामुखसँग छलफल गर्ने बताएकी छन् ।

बुधबार प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि अनलाइनखबरसँग कुराकानी गर्दै पौडेलले सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने र अन्य कदम चाल्ने बताइन् ।

‘मैले खेल्ने भनेको सहजीकरणकै भूमिका हो, पहिले त सभमुखसँगै कुरा गर्नुपर्‍यो’ उनले भनिन्, ‘विना सरसल्लाह सभामुखले अनिश्चितकालका लागि सदन स्थगित गर्नुभएको भन्ने सुनेको छु, किन त्यस्तो गर्नुपर्‍यो भनेर बुझछु ।’

गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १५ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । वैशाख १५ गते बसेको बैठक अविश्वास प्रस्तावमाथि मतदान नगरी स्थगित गरिएको थियो ।

प्रदेश प्रमुख पौडेलले बाहिरबाट हेर्दा सभामुख नै समस्याको रुपमा देखिएको बताइन् । ‘कार्यसूची पहिले नै तोकिएको थियो, घोषणा गर्ने तयारी गर्दागर्दै रोकेर अनिश्चितकालका लागि बन्द गरेको भन्ने बुझेको छु’ उनले भनिन्, ‘बाहिर त समस्याको रुपमा सभामुख देखिनुभयो । पहिले सभामुखसँग कुरा गरेर राजनीतिक सहमति गरेर जाने कि के गर्ने भनेर सबैसँग छलफल गर्नुपर्‍यो ।’

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री बिरामी भएकाले उहाँ ठीक भएपछि सबै कुरा टुंगिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?