+
+
Shares

मध्य भोटेकोसी जलविद्युतको आईपीओ आवेदन ‘आईएमई-पे’ बाट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते २१:२८

आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्द्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोसी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बुधबारदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।

आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताए । अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उनले बताए ।

यसरी आइएमई पे बाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । तपाइाले पहिलोपटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । तपाइाको कारोबारको सुरक्षा र गोपनीयाताका लागि तपाइाको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाइासाग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ ।

यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवाइसी) फारम भनिन्छ । त्यसपछि तपाइा एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ त्यहाा तपाइाले ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आइपीओसाग सम्बन्धित आˆनो सवै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रूजु गरी आˆनो पीन कोड थिच्नुहोस् । यसरी तपाइाले आˆनै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्नुहुनेछ । यसरी आइपीओ भर्दा तपाइालाई कुनै अतिरिक्त सेवा शूल्क लाग्नेछैन ।

मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपीओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?