+
+
Shares

चितवनको माडीमा कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते ८:३७

२३ वैशाख, चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।

घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?