Comments Add Comment

सप्तरीका शहरी क्षेत्रमा शनिबारदेखि निषेधाज्ञा

क्लिनिक बन्द गरेर सरकारी अस्पतालमा सेवा दिन चिकित्सकलाई आग्रह

२३ वैशाख, सप्तरी । प्रदेश-२ को पूर्वी जिल्ला सप्तरीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गतेदखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ । निजी क्लिनिक सञ्‍चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्‍चालन गर्न बैठकले भनेको छ ।

जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसजन सञ्‍चालन गर्न भनिएको प्रजिअ पोखरेलले बताए ।

यस्तै, कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गर्ने गरी गर्ने र कुनै स्थानीय तहमा संक्रमण देखिए त्यसलाई सिल गर्न स्थानीय तह र प्रहरीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

जिल्लामा बुधबारसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment