२३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।
मुख्यमन्त्री भट्टकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले उनको डोटीको केआईसिंह गाउँपालिका–६ निवासी घरमै निधन भएको जानकारी दिए ।
केही दिनदेखि अस्वस्थ उनको बिहीबार करिब साढे ५ बजेतिर निधन भएको स्वकीय सचिव ओलीले बताए । आमाको अन्तिम संस्कारका लागि मुख्यमन्त्री भट्ट बिहीबार नै डोटीतर्फ गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4