Comments Add Comment

नरदेवी अस्पतालमा ५० वेडको आइसोलेसन बनाइने

२३ वैशाख, काठमाडौं । नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ ।

यसका लागि बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप केसीसँग कुरा गरेका थिए ।

आइसोलेसनमा भएका बिरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका अक्सिजन थेरापी मात्र गरे पुग्ने बिरामीलाई राख्न मिल्ने आइसोलेसन बनाएर अस्पतालको चाप घटाउन सकिने मेयर शाक्यले बताए ।

अस्पतालका निर्देशक डा. केसीले एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताएका थिए ।

अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवातमा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ । अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment