+
+
Shares

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको डायलासिस

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते ९:२३

२४ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीको डायलाइसिस गरिएको छ । कोहलपुर–११ बाँकेका ६१ वर्षीय पुरुषको सफल डायलासिस गरिएको हो ।

डा. देवेन्द्र आचार्य, स्टाफ नर्सहरु मनिषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । विरामीको स्वास्थ्य सुधारोन्मुख रहेको मेडिकल कलेजले जनाएको छ ।

कोरोना संक्रमणको पहिलो लहरको बेलामा पनि नेपालगञ्ज मेडिकल कलेजमा ६ जना बिरामीको सफल डायलाइसिस गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस गर्ने पाँचवटा मेसिन छन् । तीमध्ये दुईवटा मेसिन कोरोना संक्रमित मिर्गौला पीडितका लागि छुट्टाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?