+
+
Shares

उम्मेदवारी दिएपछि बादलले भने : मेरो जित सुनिश्चित छ

गठबन्धनका उम्मेदवार देवकोटा भन्छन् : संविधानको रक्षाका लागि उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते २०:४८

२४ वैशाख, हेटौंडा । जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीलगायतको गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्तापछि डा. देवकोटाले प्रधानमन्त्री ओलीले नेपाली जनताको ठूलो त्यागपछि प्राप्त गरेको परिवर्तनसहित संविधानको हत्या गर्न लागेकाले त्यसको रक्षाका लागि उम्मेदवारी दिएको बताए । ‘संविधानकै रक्षाको लागि मैले उम्मेदवारी दिएको हुँ, मलाई सबैको समर्थन छ’ उनले भने ।

उम्मेदवारी दर्ताका लागि नेकपा एमालेका नेता रामबहादुर थापा बादलले हेलिकप्टरबाट हेटौंडा आएका थिए । उनले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित रहेको दावी गरे ।

‘मैले मनोनयन दर्ता गरेको छु । अहिले प्रदेशको ९ हजार ५६४ मत (मतभार) मध्ये ५ हजार १३० मत छ,’ उनले भने, ‘यो मतले के स्पष्ट गरेको छ भने निर्वाचनमा मेरो विजय सुनिश्चित छ ।’

माधवकुमार नेपाल पक्षले अर्का उम्मेदवार देवकोटालाई समर्थन गरेको भन्नु हल्लामात्रै भएको बादलले बताए । ‘पार्टीकै अर्को समूहले अर्का उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला मात्रै हो’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्ने कुरामा कुनै सत्यता छैन ।’

नेमकिपाबाट उम्मेदवारी दिएका तामाङले पार्टीको निर्देशनअनुसार आफूले उम्मेदवारी दिएको बताएका छन् । प्रदेशमा नेमकिपाका २ प्रदेश सांसद मतदाताका रुपमा रहेका छन् । साथै स्थानीय तहमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयर नेमकिपाका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?