Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ५ जनाको मृत्यु

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा शनिबार साँझ ५ बजेदेखि आइतबार साँझसम्म साढे ६ बजेसम्म पाँच जना संक्रमितको मृत्यु भएको हो ।

तराई अस्पतालमा एक जना, नारायणी अस्पताल र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा २/२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । योसँगै वीरगञ्जमा मृत्यु हुनेको संख्या पुगेको छ ।

वीरगञ्ज महानगरपालिका–१० का ६० वर्षीय पुरुषको आइतबार मध्यान्ह तराई अस्पतालमा मृत्यु भएको हो । वैशाख २२ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

नारायणी अस्पतालमा विन्दवासिनी गाउँपालिका–४ की ५० वर्षीया महिला र वीरगञ्ज–३ का ७२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

५० वर्षीया महिला वैशाख २५ गते भर्ना भएकी थिइन् । सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा आइतबार अपरान्ह ४:१० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी दिए ।

वैशाख २२ गते भर्ना भएकी ७२ वर्षीया वृद्धाको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा आइतबार बिहान सवा १२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा ३८ जना महिलासहित १२५ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा ५४ र एचडीयूमा ५० जना छन् । ९ जना भेन्टिलेटरमा, ८ जना सिप्याप र हाईफ्लो अक्सिजनमा २ जना छन् ।

पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जना संक्रमितको बाबा होटल कोरोना अस्पतालमा मृत्यु भएको छ ।  ३८ वर्षीया महिला र  ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

३८ वर्षीया महिलाको शनिबार पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अवस्थामा आइतबार साँझ अचानक स्वास्थ्य अवस्था बिग्रियो । कोरोना अस्पतालका डा. ओमप्रकाश कुशवाहका अनुसार साँझ ६:३० बजे उनको मृत्यु भयो । उनमा पहिल्यैदेखि दम र मधुमेहको समस्या थियो ।

पकाहामैनपुर गाउँपालिका–४ का ६० वर्षीय पुरुषको बाबा होटल कोरोना अस्पतालमा मृत्यु भएको हो । वैशाख २३ गते भर्ना भएका उनको सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा शनिबार साँझ ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा १६ जना महिलासहित ६६ जना संक्रमित उपचाररत छन् । आईसीयूमा उपचाररत २० जनामध्ये १० जना भेन्टिलेटरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment