Comments Add Comment

भारतमा २४ घण्टामा ३ लाख ६६ हजार नयाँ संक्रमित थपिए, ३ हजार ७५४को मृत्‍यु

२७ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणको कारण ३ हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्यामा अघिल्ला दिनको तुलनामा कमी देखिएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या पनि २ करोड २६ लाख ६२ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ४६ हजार ११६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ४८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा नयाँ संक्रमितको संख्या ४७ हजारभन्दा बढी छ । केरलामा पनि ३५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतको तामिलनाडुमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।

कोरोनाको संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले लकडाउनको घोषणा गरेका छन् । लकडाउन गरिएको केही राज्यमा भने विस्तारै संक्रमणमा कमी देखिन थालेको छ । दिल्लीले थप एक साता लकडाउन थप गर्ने निर्णय गरेको छ । उत्तर प्रदेशले पनि एक साताको लागि लकडाउन लम्ब्याएको छ ।

भारतको जम्मु कश्मीरमा पनि कोरोना कर्फ्यू १७ मे सम्मका लागि बढाइएको छ । भारतको हिमाञ्चल, उत्तराखण्ड, कर्नाटक, तामिलनाडु, गोवा र केरलामा पनि कोरोना संक्रमण नियन्त्रणको लागि सामाजिक विधिमा कडा प्रतिबन्ध वा लकडाउनको घोषणा गरिएको छ । त्यस्तै हरियाणा र राजस्थानमा पनि लकडाउनको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment