
फाइल तस्वीर
२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले गत चैत ४-५ गतेको राष्ट्रिय भेलाको निर्णय अनुकूल नै संसदमा अनुपस्थित हुने निष्कर्ष भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको छ ।
सिंहदरबारमा बसेको सांसदहरुको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेपछि भुसालले यसलाई ‘न विभाजन, न समर्पण’को नीति भएको प्रष्ट्याएका हुन् । ‘संसदमा अनुपस्थिति चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’ को अनुकूल छ’, भुसालले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4